नियम ११
लाइसेन्स दस्तुर नवीकरण दस्तुर नलाग्ने

देहायका संघ, संस्थान, निकाय, नियोग वा कार्यालयले प्रयोग गर्ने रेडियो यन्त्रहरूमा नियम ९ र १० बमोजिम लाग्ने लाइसेन्स दस्तुर तथा नवीकरण दस्तुर लाग्ने छैनः–

(क) नेपाल सरकारको मन्त्रालय, विभाग, कार्यालय, आयोजना आदि ।
(ख) नेपाल सरकार, सञ्चार मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नियमावली बमोजिम लाइसेन्स दस्तुर तथा नवीकरण दस्तुर नलाग्ने भनि तोकिदिएको अन्य संघ, संस्था, निकाय नियोग वा व्यक्ति ।